


काठमाडौं,३ मंसिर। सिमराका लागि निर्धारित सबै उडानहरु रद्द गरिएको छ । सिमराको विमानस्थल क्षेत्रमा प्रहरी र युवाहरुबीच झडप भएसँगै बुधवार निर्धारित सबै उडानहरु रद्द भएको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए ।
बुद्ध एयरले दैनिक ५ उडान गर्दै आइरहेको थियो। आज एक मात्र उडान भएको थियो । दोस्रो उडानमा एमालेका नेताहरुसहित जाने तय भएको थियो। तर, एमाले नेताहरु कार्यक्रममा आउने भएपछि सिमरामा विरोध गरिएको थियो ।

विरोधको क्रममा प्रहरी र युवाहरुबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ ।
प्रहरीले प्रदर्शन नगर्न र सार्वजनिक सडक खाली पार्न प्रदर्शनकारीलाई चेतावनी दिएको छ। साथै, विमानस्थल बन्द गरिएको छ।

