
भैरहवा, ३ मंसिर। रुपन्देहीको भैरहवामा आयोजना गरिएको ७ औं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन) आजदेखि सुरु भएको छ ।
उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्स) रुपन्देहीले ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजार प्रवर्द्धन गरी, स्वदेशी वस्तुको प्रयोग गरी स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ मंसिर ३ देखि मङ्सिर २१ गतेसम्म अंचलपुरमा आयोजना गरेको महोत्सव बुधवार उद्घाटन भएसँगै सुरु भएको हो ।
Advertisement

Advertisement
Advertisement

महोत्सवको संविधानसभा सदस्य एवं सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ र लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष पाण्डेयले उद्घाटन गरे।
महोत्सवमा उद्योग, कृषि, पर्यटन, संघसंस्था, बैंक वित्तीय संस्था, व्यापार गरी कुल ३५० वटा स्टल रहेका छन्। महोत्सवको मुख्य आकर्षण भियतनामबाट ल्याइएको ‘जलपरी’ र ‘फिसटनेल’ हो। जुन निःशुल्क हो ।

त्यस्तै महोत्सवमा मंसिर १४, १५ र १६ गते कुस्ती समेत हुने तयारी गरिएको छ। कलाकारहरुमा दुर्गेश थापा देखि लिएर प्रिति पासवानसम्मको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
शारीरिक अशक्त (अपांग) तथा ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकको लागि ५० रुपैयाँ र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क र अन्य सर्वसाधरणका लागि १५० रुपैयाँ टिकट शुल्क तय गरिएको छ।

