


भैरहवा, ४ मंसिर। जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारबाट फरार भएका कैदीहरुलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । तीन जना कैदीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीका अनुसार कपिलवस्तु कारागारबाट फरार बैकिङ कसुर मुद्दाका ४४ वर्षिय तुल बहादुर पुन पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले रुपन्देहीको कञ्चन गाउँपालिका–१ का पुनलाई मंसिर १ गते पक्राउ गरेको हो ।

त्यस्तै इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षिय रुद्र बहादुर पुनलाई मंसिर २ गते पक्राउ गरेको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तनहुँ कारागारबाट फरार लागूऔषध मुद्दाका भारतको जिल्ला महाराजगंज थाना नौतनवा का २० वर्षिय दिपक कुमारलाई भैरहवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

