
काठमाडौं,४ मंसिर ।सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको छ।
प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
Advertisement

Advertisement
Advertisement

बिहीबार न्यायाधीश मेघराज पोखरेलको इजलासले ‘कारण देखाऊ आदेश’सहित प्रसाईँलाई २४ घण्टाभित्र सशरीर अदालतमा उपस्थित गराउन आदेश गरेको हो।
नीराजनले आफ्ना बुबालाई गैर न्यायिक ढंगले सरकारले थुनामा राखेको भन्दै थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। प्रसाईँलाई प्रहरीले सार्वजनिक शान्तिविरुद्धको अभियोगमा पक्राउ गरी थुनामा राखेको छ।

