


काठमाडौं,८ मंसिर। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा भारी वृद्धि गरेको छ। भारतीय सीमा नाकामा कडाइले भारतीय अण्डा नआएको बेला संघले अण्डाको मूल्य बढाएको हो।
संघको बैठकले एक्स एल साइजको ३० अण्डा रहने क्रेटको मूल्य ५२० रुपैयाँ पुर्याएको छ। यस्तै ठूलो साइजको अण्डाको प्रतिक्रेट ५०५ रुपैयाँ पुगेको छ।

मिडियम अण्डाको ४९० रुपैयाँ प्रतिकेट मूल्य पुगेको छ। सानो साइजको अण्डाको मूल्य प्रतिपेटी ३ हजार १ सय ५० पुर्याइएको छ। चितवनबाट लोड हुने भएकाले सबै अण्डाको पेटीको डेलिभरी चार्ज थप १ सय ३० रुपैयाँ लाग्ने संघले जनाएको छ ।
संघका अनुसार एउटा अण्डा उत्पादनका लागि किसानको १६ रुपैयाँभन्दा बढी लागत पर्ने अनुमान छ। नयाँ दरअनुसार अब प्रति अण्डाको खुद्रा मूल्य बजारमा २५ देखि ३० रुपैयाँसम्म पुग्ने आँकलन गरिएको छ।

