


काठमाडौं,८ मंसिर। नेपाल प्रहरीका ३ जना डीआईजीहरुको सरुवा गरिएको छ । गृह मन्त्रालयले उनीहरु सरुवा गरेको हो।
नेपाल प्रहरीको मुख्यालयले सोमबार जारी गरेको सरुवा सूची अनुसार प्रहरी हेडक्वार्टरको प्रबन्ध निर्देशनालयमा कार्यरत डीआईजी विनोद घिमिरेलाई कोशी प्रदेश प्रहरी कार्यालयमा पठाइएको छ ।कोशीका डीआईजी ईश्वर कार्कीको एआईजीमा बढुवा भएपछि कोशी प्रदेश प्रहरी प्रमुखविहीन थियो।

त्यस्तै प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभाग महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत डीआईजी दिलिप सिंह देउवाको प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ।
प्रदेश समन्वय विभागमा कार्यरत रहेका दिपककुमार बस्नेतलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा ल्याइएको छ ।

