
काठमाडौं,१० मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आपगाईंसहित इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन नायब सुब्बा रविनकुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवनकुमार दाहाललाई प्रतिवादी कायम गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement

Advertisement
Advertisement

उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल, राहदानीवाहक विनोद कुँवर, सीमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतोलाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वास्तविक जन्ममितिभन्दा उमेर हेरफेर गरी उमेर घटाएर सरकारी कागजात सच्चयाई व्यक्तिको राहदानी जारी गरेको दावीसहित उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।

