
भैरहवा, १४ मंसिर। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदैं गर्दा जिल्लाहरुमा प्रतिनिधि चयन गर्न थालिएको छ । कतै निर्वाचनको माध्यमबाट त कतै सर्वसम्मत रुपमा प्रतिनिधिहरु चयन भइरहेको छन् ।
यस्तै लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी जिल्लामा निर्वाचनबाट प्रतिनिधि छानिएका छन् ।नवलपरासी क्षेत्र नं. १ बाट हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, दिपेन्द्र कुमार अधिकारी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) छानिएका हुन् ।

त्यस्तै जिल्लाको क्षेत्र नंं. २ बाट थानप्रसाद गैरे, डोलराज भण्डारी, शान्ता भण्डारी, विनोद पुन (युवा), लक्ष्मी क्षेत्री र तुल्सी प्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन्।
कपिलवस्तु जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधिन चुनिएका छन् । कपिलवस्तु क्षेत्र नं १ बाट डम्मर शर्मा, बजरंगी कुर्मी चौधरी, विश्राम प्रसाद चौधरी, शान्ता पान्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन् ।
क्षेत्र नं. २ बाट बाबुराम खनाल, मेराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन् । यस्तै क्षेत्र नं. ३ बाट अर्जुन कुमार केसी, गोपाल बहादुर थापामगर, गंगा घर्ती, नारायण सापकोटा (युवा), सीबी गहतराज प्रतिनिधि चुनिएका छन् ।
एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

