


काठमाडौं,१४ मंसिर। उज्ज्वल थापाको नेतृत्वमा विवेकशील नेपाली अभियान हुँदै २०७० सालमा राजनीतिमा प्रवेश गरेका मिलन पाण्डेले रास्वपासँग भइरहेको एकीकरण प्रक्रियामा नजाने निर्णय गरेका छन्।
सामाजिक सञ्जालमार्फत् पाण्डेले केही समय ‘कुलिङ पिरियड’ लिएर नयाँ ढंगबाट राजनीतिक यात्रा सुरु गर्ने घोषणा गरेका हुन्। ‘विवेकशील साझा र रास्वपाको एकीकरणमा जुट्नुभएको सबै साथीहरूलाई शुभकामना छ ।’ उनले भनेका छन् ।

एकीकरण प्रक्रियामा आफू सामेल नभएको स्पष्ट पार्दै पाण्डेले लेखेका छन्, “आजदेखि म पनि ‘स्वतन्त्र’ भएँ। विवेकशील पनि ‘स्वतन्त्र’ भयो।”

