
भैरहवा,१५ मंसिर । नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदैं गर्दा लुम्बिनी प्रदेशका जिल्लाहरुमा प्रतिनिधि चयन गरिएको छ । प्रदेशका १२ जिल्लाका विभिन्न क्षेत्रमा कतै सर्वसम्मत रुपमा त कतै निर्वाचनको माध्यमबाट प्रतिनिधि चयन गरिएको हो ।
लुम्बिनीबाट खुलातर्फ ८० जना, महिलातर्फ ५३, युवातर्फ २६, दलिततर्फ १९, मजदुरतर्फ ७ र प्रदेश कमिटीतर्फ ५ जना गरी १ सय ९० जना प्रतिनिधि चयन भएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

रुपन्देही
रुपन्देही–१, बाट खुलातर्फ ध्रुवप्रसाद खरेल, यज्ञ गैरे र हिमाल पाण्डे, महिला तर्फ जगेश्वरी चौधरी र राधा शाही, युवातर्फ कृष्ण पौडेल प्रतिनिधि चयन भएका छन्। यस्तै रुपन्देही–२, बाट खुल्लातर्फ बासुदेव घिमिरे, गोपाल राना, राजु गुरुङ, तेजेन्द्र केसी, बाबुराम भट्टराई र कुमार थापा, महिलातर्फ ज्ञानु केसी, कल्पना थापा, बिमला श्रेष्ठ र युवातर्फ बालकृष्ण पाण्डे प्रतिनिधि निर्वाचित भएका छन् । यहाँ निर्वाचनबाट प्रतिनिधि चयन गरिएको थियो ।
रुपन्देही–३, बाट राजेन्द्रप्रसाद पन्थी, अयोध्या थारु, नरबहादुर घर्ती, पम्फावती खनाल, ममता पौडेल, चक्रबहादुर थापा निर्विरोध भएका छन् । रुपन्देही–४, बाट कृष्ण भुसाल, मुस्लिम खान, सुनिता ठठेर र भगवानदास कुर्मी निर्वाचित भएका छन्। रुपन्देही–५, बाट खुलातर्फ कृष्ण घिमिरे, चेतनारायण न्यौपाने, अब्दुल रहमान, बिन्दु श्रीस र लेखनाथ खनाल निर्वाचित भएका छन्।
जिफन्ट लुम्बिनी प्रदेशबाट खुलातर्फ हरिबहादुर कार्की, हुमाकान्त काफ्ले, सन्तोष केसी, हुमबहादुर क्षेत्री र महिला तर्फ रन्जु भट्टराई, सरस्वती सुवेदी र मङ्गला जैसी निर्वाचित भएका छन्।
पश्चिम नवलपरासी
पश्चिम नवलपरासी–१ बाट दिपेन्द्रकुमार अधिकारी, हरदेव पाण्डे, इन्द्रकुमारी थरुनी, राधा ढकाल र सुधा ज्ञवाली (युवा) निर्वाचित भएका छन्। क्षेत्र नम्बर–२, बाट डोलराज भण्डारी, थानप्रसाद गैरे, लक्ष्मी क्षेत्री, शान्ता भण्डारी, विनोद पुन (युवा) र तुल्सी प्रसाद पासी (उत्पीडित क्षेत्र) निर्वाचित भएका छन् ।
पाल्पा
पाल्पा–१ बाट खेम बहादुर सारु, नारायण आचार्य, दमन सिंह पाटा मगर, बिष्णु आचार्य, दुर्गा देवी राना, तिरण कुमारी श्रेष्ठ र सन्देश ढकाल (युवा) निर्वाचित भएका छन्। पाल्पा–२, बाट रामजी पोखरेल, ओम बहादुर घर्ती, धनेन्द्र राज घिमिरे, विष्णुबहादुर कार्की, नारायण जिसी, लालबहादुर दर्लामी, तुलबहादुर अधिकारी, श्रीकृष्ण पान्डे, चिरञ्जीवी पोखरेल, शोभाखर भट्टराई, दीपक विश्वकर्मा (युवा), रन्जिव कुवर र श्रीकृष्ण पोखरेल निर्वाचित भएका छन् ।
कपिलवस्तु
कपिलवस्तु–१, बाट डम्मर शर्मा, विश्राम प्रसाद चौधरी, बजरंगी कुर्मी चौधरी, शान्ता पान्डे, विमला चौधरी र टुकलाल गैरे (युवा) चयन भएका छन्। कपिलवस्तु–२, बाट बाबुराम खनाल, मैराज खाँ, शारदा शर्मा, सरिता आचार्य र देवीराम अर्याल (युवा) चयन भएका छन्। कपिलवस्तु–३, बाट अर्जुनकुमार केसी, गोपाल बहादुर थापामगर, गंगा घर्ती (महिला) र नारायण सापकोटा (युवा) निर्वाचित भएका छन्। दलितबाट सीबी गहतराज प्रतिनिधि निर्वाचित भएका छन् ।
अर्घाखाँची
अर्घाखाँचीमा खुल्लातर्फ पिताम्बर भुसाल, बसन्तकुमार श्रेष्ठ, शम्भुप्रसाद पोख्रेल, तेजप्रसाद खनाल र कमलप्रसाद घिमिरे चयन भएका छन् । खुलातर्फ दीपा आचार्य, विष्णुमाया आचार्य, लक्ष्मी गौतम र सुष्मा श्रेष्ठ निर्वाचित भएका छन्। युवातर्फ तेजबहादुर रायमाझी र दलित तर्फ लिलबहादुर बिक र आशा परियार निर्विरोध चयन भएका छन् ।
बाँके
बाँके–१, बाट बलराम भट्टराई, कुस्माखर बस्याल, बसन्ती अधिकारी, खेमराज शर्मा र सुधा चौधरी निर्वाचित भएका छन्। क्षेत्र नम्बर–२, बाट निरक गुरुङ, हलिम शाह, मोहित शाह र हिरा खराल निर्वाचित भएका छन् । बाँके–३, बाट रत्न खत्री, मानबहादुर रुचाल, एकमाया बिक, भूमिसरा धिताल, बिमल मल्ल र दलबहादुर सुनार निर्वाचित भएका छन् ।
बर्दिया
बर्दिया–१, बाट शालिकराम अधिकारी, लालबहादुर श्रेष्ठ, पदम ढकाल, अम्मरबहादुर खड्का, कृष्णा गुरुङ, नारायणी चौधरी, लक्ष्मी अधिकारी र रामकुमार चौधरी निर्वाचित भएका छन्। बर्दिया–२, बाट घननारायण श्रेष्ठ, दुर्गा वली, संगीता चौधरी, मेनका पोख्रेल र भरत धामी निर्वाचित भएका छन्। दलिततर्फ भुपेन्द्र सरला र विमला विक निर्वाचित भएका छन् ।
गुल्मी
गुल्मी–१, बाट बालसिंह काउछा, फर्सुराम पाण्डे, फर्सुराम ज्ञवाली, पिताम्बर अर्याल, राजमी ढकाल, शुशिला पुन, राधिका अर्याल, अञ्जु कँडेल खत्री र अर्जुन कनौजे निर्वाचित भएका छन्। गुल्मी–२, बाट हरिप्रसाद पोखरेल, प्रकाश काफ्ले, लिलबहादुर बिष्ट, रितबहादुर थापा, ललित गौतम, कमला शर्मा, सरिता खड्का, माधव बिष्ट निर्वाचित भएका छन्। दलिततर्फ रिता रम्तेल, सुर्य सोनि र कृष्ण सुनार निर्वाचित भएका छन् ।
दाङ
दाङमा खुलातर्फ शिवकुमार आचार्य, सुदन केसी, देवबहादुर बस्नेत, भुवन चौधरी, भानसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी, मनोहर बुढाथोकी, आशिष योगी, राममणि पाण्डे, कुलबहादुर केसी र घनश्याम चौधरी छनोट भएका छन्। महिला तर्फ भने सीता चौधरी (क्षेत्र नं.१), लक्ष्मी शर्मा, पुष्पा लामिछाने भट्टराई र सीता चौधरी (क्षेत्र नं २), रत्न तिवारी श्रेष्ठ, तुलसी डाँगी पोखरेल र रेखा केसी देवकोटा चयन भएकी छन्। दलिततर्फ भने मानबहादुर विक, निर्मला विक र टंक बहादर विक रहेका छन् ।
रुकुम पूर्व
रुकुम पूर्वबाट नन्दलाल शर्मा, बागलाल बुढामगर, भावना बुढाथोकी, गोपाल प्रसाद सुनार र लिलामणि गौतम (युवा) प्रतिनिधि चयन भएका छन् ।
रोल्पा
महाधिवेशनका लागि रोल्पाबाट खुला २, महिला २, युवा १ र दलित १ गरी ६ जना प्रतिनिधि चयन भएका छन्। जसअनुसार खुलातर्फ शान्तकुमारी वली र बालाराम बुढा छन्। महिलातर्फ सावीत्रा कुमारी बुढा (घर्ती) र जगमती बस्नेत चयन भएका छन्। यस्तै युवातर्फ अमृत बहादुर बुढा र दलिततर्फ पहलबहादुर विक छनोट गरिएको निर्वाचन कमिटीले जनाएको छ।
एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिरको २७, २८, २९ गते ११ औं महाधिवेशन गर्ने निर्णय गरेको छ।

