
हृदयराम गुप्ता
मर्चवार,१५ मंसिर। रुपन्देहीको कोटहीमाई गाउँपलिकाको कार्यालय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको तयारीमा जुटेको छ।

प्रतियोगितामा हुने विभिन्न खेलहरुको तयारीको लागि विद्यालयमा जानकारी सहित आवश्यक खेलकुद सामाग्री समेत वितरण गरिएको कोटहीमाई गाउँपालिकाको प्रमुख प्रशसाकीय अधिकृत अजय मिश्रले जानकारी दिए।
प्रतियोगिता अघि नै विद्यार्थीहरुबीचबाट खेलाडीहरुको छनौट गर्न, विभिन्न खेलबारे प्रशिक्षण गर्न विषयवस्तुको जानकारी दिन समेत विद्यालयहरुको भ्रमण सुरु भएको उनले बताए।
यसै क्रममा विद्यालयमा शैक्षिक स्तर उकास्न विद्यालयहरुको अवस्थाबारे समेत अध्ययन सुरु गरिएको उनको भनाई छ । ‘कोटहीमाई गाउँपालिका सभ्य, शिक्षित र सुन्दर पालिका बनाउन सबैको हाथेमालो जरुरी छ’,उनले भने, ‘शैक्षिक स्तर उठाउन म लागिपरेको छु तर अभिभावक, जनप्रतिनिधि, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा समाजसेवीहरु समेत सकारात्मक हुन आवश्यक छ ।’
विद्यालय आउने विद्यार्थीहरुको पोशाक, शैक्षिक सामाग्री सहित ब्यवस्थित रुपले पठाउन अभिभावकहरुलाई आग्रह गरिएको छ। विद्यालयको स्थिती अवस्थालाई अध्ययनको क्रममा प्रशासकीय अधिकृत मिश्रले विद्यार्थीहरुलाई उपलब्धीमुलक शिक्षा दिन निर्देशन दिएका छन्।
‘किताबको पाना सिध्याउनु भन्दा विद्यार्थीहरुलाई राम्ररी बुझाउने र योग्य बनाउने तर्फ लाग्नुप¥यो । जति पाठ पढाइएको हुन्छ हामीले त्यती नै परीक्षा लिउँ तर बुझाएर मात्र पठानपाठन गरौँ, उनले भने’
समाजसेवी तथा अभिभावहरुले समेत नियमित विद्यालयको अनुगमन गरी सुधार गर्नुपर्ने आवश्यक सुझाव सल्लाह दिन उनको भनाई छ।

