
भैरहवा, १६ मंसिर । भारतको सोनौलीबाट दिल्ली जाँदै गरेको बसको उत्तरप्रदेशको बलरामपुरमा दुर्घटना भएको छ । भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा ३ जनाको मृत्यु भएको र २४ जना घाइते भएका छन् । ६ जनाको अवस्था गम्भिर रहेको छ।
बसमा सवार यात्रु अधिकांश नेपाली नागरिक थिए । भारतीय प्रहरीका अनुसार यूपी २२ एटी ०२४५ नम्बरको बस र यूपी २१ डिटी ५२३७ नम्बर ट्रक एकआपसमा ठोक्किए पश्चात बस हाइटेन्सन तार रहेको विजुलीको पोलमा ठोक्किन पुग्दा बसमा आगो लागेको थियो ।

घाइते २४ जना मध्ये २१ जना नेपाली नागरिक रहेका छन्। बसमा सवार यात्रुहरुका अनुसार बुटवलबाट बसमा चढेका यात्रुहरुलाई भारतीय सीमानाका सोनौली पुराइएको र त्यहाँबाट अर्को बसमा बसालिएको थियो ।
कामका लागि गुडगाँव जानका लागि बसमा सवार एक यात्रुले बस दुर्घटनापश्चात झ्यालको सिसा फोडेर आफु बसबाट निस्किएको बताए ।
बलरामपुरका एसपी विकास कुमारले गम्भिर घाइते भएका यात्रुहरुको थप उपचारका लागि विभिन्न तीन अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको बताए। उनका अनुसार मृतकहरुको पहिचान खुलेको छैन ।
हेर्नुहोस् घाइतहरुको सूची :



