


काठमाडौं,१७ मंसिर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि आफ्नै उम्मेदवारी रहने घोषणा गरेका छन्।
हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’ मा सहभागी हुँदै थापाले आगामी महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन्।

‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्वगर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन्।
उनले महाधिवेशनको मिति घोषणा भइसकेकाले सभापति पदमा आफ्नो उम्मेदवारी स्वाभाविक रुपमा सार्वजनिक गरेको बताए। नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

