
भैरहवा,२१ मंसिर। लुम्बिनी ईटा उद्योग व्यवसायि संघमा निर्वाचित नयाँ कार्यसमितिलाई पदस्थापन गराईएको छ । गत हप्ता १२ औं अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शिवहरी अधिकारीले पदस्थापन गराएका हुन्।
पदस्थापन कार्यक्रममा बोल्दै नेपाल ईटा उद्योगी व्यवसायि महासंघका केन्द्रिय सचिव रमेश खनालले ईटा व्यसायलाई प्रबिधि मैत्री बनाउदै थप व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । उनले पर्यावरण जोगाउदै उद्योग सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै बिकसित प्रबिधि अनुसार उद्योगी व्यवसायी पनि अगाडि बढ्नु पर्ने बताए।
Advertisement

Advertisement
Advertisement

महासंघका सल्लाहकार हरी अधिकारी, संघको लुम्बिनी प्रदेश सल्लाहकार टंकनाथ पराजुली, निर्वतमान अध्यक्ष अजय गुप्ता, वर्तमान बरिष्ठ उपाध्यक्ष अजय अधिकारी लगाएतले बोल्दै सस्थागत बिकासमा एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताए।
अध्यक्षमा नवनिर्वाचित सुनिल कुमार सिन्धीले ईटा उद्योगका क्षेत्रमा देखिने गरी काम गर्ने बताउँदै उनले ईटा उद्योगलाई कसरी प्रबिधिसंग जोडेर पर्यावरण मैत्री बनाउन सकिन्छ भन्ने बिषयमा आफु र आफ्नो टिम गंभिर भएर लाग्ने उल्लेख गरे।
यी हुन निर्वाचित पदाधिकारी तथा सदस्यहरु
लुम्बिनी ईटा उद्योग व्यवसायि संघकोे अध्यक्षमा सुनिल कुमार सिन्धी निर्वाचित भएका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा अजय अधिकारी, प्रथम उपाध्यक्षमा मिनबहादुर पुन, द्धितिय उपाध्यक्षमा दीपक पौडेल, महासचिवमा बाबुराम पाठक, सचिवमा चक्रपाणि तिवारी र कोषाध्यक्षमा विक्रमरत्न बज्राचार्य निर्वाचित भएका छन्।
यस्तै सदस्यहरुमा मुक्ति बस्याल, पियुस आश्वानी, गुलावचन्द्र गुप्ता, सुरेन्द्र बरई, पुर्णवासी गुप्ता, धनपति पौडेल, दीपक कुमार सिन्धी, सागर सिन्धी, विकास मिश्र, राजकुमार सिन्धी र लेखा समिति संयोजकमा सुरजमान श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

