
काठमाडौं,२१ मंसिर। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्।
आइतबार भएको उक्त भर्चुअल सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट तथा तस्करी नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन, प्रहरी आचरण तथा व्यवहार, नागरिकमैत्री सेवा प्रवाहलगायत समसामयिक विषयवस्तु र समग्र प्रहरी कामकारबाहीमा थप प्रभावकारी बन्न सबै प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सोही अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले पनि सम्बोधन गर्दै सबै अनुसन्धान कार्यलाई पूर्ण रुपमा बस्तुनिष्ठ र प्रमाणमुखी बनाउन विशेष जोड दिन निर्देशन दिएका थिए।

