

काठमाडौं,२१मंसिर। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा (कारागार) पठाउन आदेश भएको छ।
विशेष अदालतको न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला संयुक्त इजलासले अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।
Advertisement

Advertisement
Advertisement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ।





