


काठमाडौं,२१मंसिर। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक (डिजी) प्रदीप अधिकारीलाई पूर्पक्षका लागि थुनामा (कारागार) पठाउन आदेश भएको छ।
विशेष अदालतको न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला संयुक्त इजलासले अधिकारीलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भ्रष्टाचारमा उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको थियो ।
उक्त मुद्दामा आइतबार विशेष अदालतमा थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएकोमा आइतबार नै डिल्लीबजार कारागार चलान गरिएको छ।

