


काठमाडौंं,२१ मंसिर।। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
हाल आयोगमा दर्ता भएका १४३ दलमध्ये ११४ दलले आगामी निर्वाचनमा सहभागिता जनाउने योजना बनाएका छन्।

ती दलमध्ये १२ दलका पाँच समूहले संयुक्त रुपमा एकल निर्वाचन चिह्न लिएर चुनाव लड्ने भएका छन् भने १०२ दलले स्वतन्त्र रूपमा आफ्ना छुट्टाछुट्टै चुनाव चिन्ह प्रयोग गर्नेछन्।
जसअनुसार, कुल एक सय सात फरक निर्वाचन चिन्ह आगामी निर्वाचनमा प्रयोग हुनेछन्।


कमेन्ट गर्नुस्

