


काठमाडौं, २५ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन करकाप पूर्ण सहमतिको प्रयास नहुने बताएका छन्।
काठमाडौंमा आयोजित कार्यक्रममा उनले सकेसम्म सहमतिबाट नेतृत्व चयन गरिने नभए स्वच्छ प्रतिस्पर्धा हुने बताए ।

‘म थपिनेवालामा पर्दिनँ, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ, लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन’, उनले भने, ‘त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ’,।
एमालेविरुद्ध करौँती जस्तो नीति बनाइएको बताउँदै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको सुनाए। यसपटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धा वा बिना करकाप नेतृत्व छानिने बनाए।
केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरुसँग आफ्नो सहमति नहुने उनको भनाई छ। ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पर्यो नि, मसँग त कुरा गर्नुभएको छैन’, उनले भने।

