


काठमाडौं, २५ मंसिर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उक्त प्रकरणमा बिहीवार सात जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोप-पत्र दायर गरेको हो।

भिजिट भिसामा विभिन्न मुलुक जाने व्यक्तिहरुबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि अनुसन्धान भएको थियो। अख्तियारले अनुसन्धानका लागि गत जेठ ७ गते विमानस्थलबाट सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको थियो।
कमेन्ट गर्नुस्

