
डडेल्धुरा,२५ मंसिर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारका लागि डडेल्धुराबाट नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम सिफारिस गरिएको छ ।
डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउँदका अनुसार बिहीवार बसेको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णयका आधारमा उम्मेदवारका लागि देउवाको एकल नाम सिफारिस गरेको हो ।
Advertisement
Advertisement
Advertisement

देउवाले पार्टीका जिल्ला नेताहरुसँग यसअघि नै आसन्न निर्वाचनमा अन्तिमपटक निर्वाचन लड्ने बताएका थिए। २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालको निर्वाचनमा उम्मेदवार हुँदै आएका देउवाको निरन्तर विजय यात्रा तय गर्दै आएका छन् ।
साउँदका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाबाट दुईजनाको नाम सिफारिस भएको छ।
यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस भएको डडेल्धुरा कांग्रेसले जनाएको छ।

