
भैरहवा, २७ मंसिर। भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति अन्तरविद्यालय टी–२० क्रिकेट प्रतियोगितामा होराइजन जीबीएसले सेमिफाइनलको यात्रा तय गरेको छ।
शनिबार भएको खेलमा देबदह बुद्ध पब्लिक इङ्गलिस स्कूललाई ७४ रनले हराउँदै होराइजन जीबीएसले सेमिफाइनल यात्रा तय गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

टस जितेर ब्याटिङ गरेको होराइजन जीबीएसले ६ विकेटको नोक्सानीमा १ सय ५६ रनको बलियो योगफल बनायो। उसका लागि अनुज अर्यालले ३९, शिवप्रसाद यादवले नटआउट ३४ र अरुणकुमार बेल्बासेले १६ रन बनाए। बलिङमा देबदह बुद्धका रोहित कुँवर, प्रिन्स शर्मा, कृष केसी, आयुष विक र आकाश विकले समान १(१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको देबदह बुद्धले ६ विकेट गुमाएर जम्मा ८२ रन बनायो र हार ब्यहोर्यो। उसका लागि रोहित कुँवरले ३० र आयुष पाण्डेले १६ रन बनाए। बलिङमा होराइजन जीबीएसका शाहज अर्याल र सहनअली मुसलमानले २(२ तथा कुशल पौडेल र अरुण बेल्बासेले १(१ विकेट लिए। शाहज अर्याल प्लेयर अफ द म्याच भएर पाँच सय रुपैयाँ पुरस्कार पाए ।
रुपन्देहीका ३० वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए।
यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले समान ५–५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय रुपैयाँ र अनुसाशित टिमलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएका छन्। प्रतियोगिता पुस १ गतेसम्म चल्ने छ।

