
बर्दिया, १ पुस । झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको पाइएपछि ५ जनाको नागरिकता खारेज गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गत असारमा तीन वटा र चालु आर्थिक वर्षको मंसिरसम्म २ वटा गरी कुल ५ जनाको नागरिकता खारेज भएको हो ।
Advertisement

Advertisement
Advertisement

चालु आवमा मधुवन नगरपालिका–का सुनिल सुनार र साविक मानपुर टपरा गाउँपालिका–३ का पल्टु थारुको नागरिकता खारेज गरिएको छ।
यस्तै गत आवमा साविक ढोढरी गापा–७ का रामकुमारी थारु, बारबर्दिया नपा–७ का सुनिल केसी र साविक मगरागाडी गापा–१ कि माया लामाको दोहोरो नागरिकता खारेज गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।
त्यस्तै गत आवमा १ जना र यस आवमा ५ जनाले नेपाली नागरिकता परित्याग गरेको कार्यालयले जनाएको छ। हाल ८ वटा यसै प्रकृतिका दोहोरो नेपाली नागरिकता छानबिनको दायरामा भएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

