
काठमाडौं,२ पुस। नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले मतदान गरेपछि सुरु भएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

मंगलबार साँझ हुने भनिएको मतदान प्राविधिक समस्याका कारण बुधवार बिहानबाट सुरु भएको हो।
मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। विद्युतीय मेसिनबाट भइरहेको मतदानमा २२६३ प्रतिनिधि निर्वाचनमा सहभागीता रहने बताइएको छ।
नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलको समूह प्यानलसहित निर्वाचनमा होमिएको छ । दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र उम्मेदवारी पनि दिएका छन्।

