


काठमाडौं, २२ जेठ। मुस्ताङको कोरला नाकाबाट भित्राइएको ७७९ वटा विद्युतीय गाडीको राजस्व छली आंशकामा सरकारले विस्तृत छानबिन गर्न समिति गठन गरेको छ।
राजस्व छलीको आशंकामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट उक्त गाडीहरु नियन्त्रण लिइएको थियो । नियन्त्रणमा लिइएका अधिकांश गाडी बीवाइडी कम्पनीका रहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष निर्देशनमा बिहीबार अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधिहरू सम्मिलित संयुक्त छानबिन समिति गठन गरिएको हो।
समितिले सवारीसाधन नियन्त्रणमा लिइएकै स्थलगत रुपमै पुगेर द्रुत गतिमा छानबिन सुरु गरिसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

