Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ
    प्रमुख समाचार

    हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ पुष २, बुधबार ११:३९ गते
    advertisement
    advertisement
    advertisement

    काठमाडौं,२ पुस । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा धनकुटा पाख्रिपास नगरपालिका ९ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका-११ कपनका ५० वर्षीय राजकुमार तामाङ लामा रहेको प्रहरीले जनाएको छ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जिल्ला प्रहरी कार्यालय पाँचथरमा २०७५ सालमा दर्ता भएको विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार रहेका लामालाई कपनस्थित घरबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एवं एसएसपी शिवकुमार श्रेष्ठले बताए। लामालाई आवश्यक कारवाहीका लागि पाँचथरमा पठाइएको छ।

    उनका अनुसार लामा १५ फागुन २०६८ मा काठमाडौं महानगरपालिका ११‚ बबरमहलस्थित नेपाल आयल निगमको गेटमा टाइम बम बिस्फोट गराएको घटनामा १२ असार २०६९ मा पक्राउ परेका थिए। उक्त बिस्फोटमा मानबहादुर तामाङसहित तीनजनाको मृत्यु भएको थियो। घटनामा सोमबहादुर तामाङ घाइते भएका थिए।

    लामाविरुद्ध त्यतिबेला कर्तव्य ज्यानमुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा लामा नख्खु कारागार चलान भएका थिए। तर, लामालाई ७ फागुन २०७६ को प्रजातन्त्र दिवसमा सरकारले थुनामुक्त गरेको थियो।

    साम्पाङले गत असोज मा पार्टी गठन गर्दा उपाध्यक्ष लामा बनेका थिए। उक्त पार्टी १६ कात्तिक २०८२ मा निर्वाचन आयोगमा दर्ता भएको थियो।

    साम्पाङले राज्यको अनुसन्धानलाई सघाउने प्रतिबद्धता व्यक्त गर्दै उपाध्यक्ष लामालाई अनुसन्धान नटुंगिएसम्मका लागि पार्टीको जिम्मेवारीबाट निलम्बन गरिएको घोषणा गरेका छन्।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला प्रहरी कार्यालय पाँचथर श्रम संस्कृति पार्टी हर्क साम्पाङ
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.