


भैरहवा, २ पुस । रुपन्देही प्रहरीले जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक जनालाई भैरहवाबाट पक्राउ गरेको छ ।
पक्राउ पर्ने सिद्धार्थनगर नगरपालिका-१ (भैरहवा) का २७ वर्षीय धर्मराज अहिर (यादव) रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार कर्तव्य ज्यान मुद्दामा काठमाडौंको जगन्नाथ देवल कारागारमा कैद रहेका अहिर देशभर प्रर्दशनका क्रममा कारागार कार्यालयहरुमा भएको तोडफोड, आगजनी पश्चात त्यहाँबाट फरार भएका थिए ।
फरार भएका अहिरलाई वडा प्रहरी कार्यालय भैरहवाको टोलीले मंगलबार सिद्धार्थनगर नगरपालिका-१ बाट पक्राउ गरी कारागार कार्यालय रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

