Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनी बौद्ध विश्वविद्यालयमा बढ्दैछ विदेशी विद्यार्थीको आकर्षण
    फोकस लुम्बिनी

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा बढ्दैछ विदेशी विद्यार्थीको आकर्षण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ पुष ३, बिहीबार १४:३८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, ३ पुस। लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ। बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरु अध्ययनका लागि विदेशी विद्यार्थीको संख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।

    विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्ध अन्तर्गतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा विदेशी विद्यार्थीहरु भर्ना भएका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    विश्वविद्यालयमा चीन, भारत, श्रीलंका, भुटान, म्यानमार, जापान, मलेसिया लगायतका देशका विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थीहरु छन्। बुद्धिजम एण्ड नेपाल स्टडिज, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो।

    लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले विद्यावारिधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थीहरु भर्ना भएको बताए। ‘विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन, हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिवद्ध रहेका छौं,’ उनले भने।

    विश्वविद्यालयमा हाल १ सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीहरुले आवेदन दिएका छन्। विश्वविद्यालयमा कुल ३ हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।

    लुम्बिनी बौद्धको प्रमाणपत्र चीनको सरकारद्वारा मान्यता

    लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टिफिकेट चीनको शिक्षा मन्त्रालयले मान्यता दिने निर्णय गरेको छ। चीनको शिक्षा मन्त्रालय अन्तर्गतको स्कलर्स आदानप्रदान सेवा केन्द्रले विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्राप्त गरेको उपाधिलाई मान्यता दिने भन्दै सूचीकृत गरेको छ।

    स्कूल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाईड साइन्सका निर्देशक डा. कुमार खड्काले चीनमा विश्वविद्यालयको उपाधिले मान्यता पाउने निर्णयले विदेशी विद्यार्थीको संख्या बढ्दै जाने बताए। ‘चिनियाँ विद्यार्थीहरु प्रमाणपत्रले मान्यता पाउछ कि पाउँदैन भन्नेमा चिन्तित थिए, अब त्यो समस्या समाधान भएको छ,’उनले भने ।

    विश्वविद्यालयले देवदहमा शैक्षिक गुरुयोजना कार्यान्वयन गरी १६ हजार विदेशी विद्यार्थी अध्यापन गराउने लक्ष्य राखेको छ। उक्त योजना कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयले जनाएको छ।

    विश्वविद्यालयले विदेशी विद्यार्थीको सहजताका लागि छात्रावास समेत निर्माण गरिरहेको छ। उक्त पूर्वाधारपछि अझ धेरै विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ।

    विश्वविद्यालयले सम्बन्ध विस्तारका लागि झण्डै ८० अन्तर्राष्ट्रिय संस्थाहरुस्रग सहकार्य गरेको छ। सोही सहकार्य अन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु सेमेष्टर एक्सचेन्ज अन्तर्गत चीनका केही विद्यालयमा अध्ययनका लागि पुगेका छन्। ६४ जना विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सकेर उपाधि हात पारेका छन्। केही समयअघि मात्रै ४८ जना विद्यार्थीहरुले चीनका विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति हासिल गरेका थिए।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    लुम्बिनी बौद्ध विश्वविद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.