


भैरहवा,४ पुस।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपश्चात शुक्रबारर जिल्ला अदालत रुपन्देहीमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी थुनामुक्त भएका हुन्।
थुनामुक्त भएपछि अदालत बाहिर रास्वपाका कार्यकर्ताहरुले लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।

थुनामुक्त भएर अदालत बाहिर निस्किएपछि लामिछानेले सम्बोधन गर्दै सम्पूर्ण हिसाब गर्न र न्याय पाउन बाँकी रहेको प्रतिक्रिया दिए। पछिल्लो सरकार र नेताहरुले देशमाथी गरेको अन्याय अगाडी आफुमाथी भएको अन्याय केही पनि नभएको उनले बताए ।
‘उनीहरुले यो देशमाथी गरेको अन्याय अगाडी म माथी गरेको अन्याय केही पनि होइन । सम्पूर्ण हिसाब गर्नु छ । हिसाब मिलाउन बाँकी नै छ । न्याय पाउन बाँकी नै छ’,उनले भने, ‘म आशा गर्छु कि देशले चाँडै न्याय पाउनेछ । मैले बोल्ने समय आउँदै छ । केही समय धैर्य गर्नुहोला । मैले धेरै कुरा भन्न बाँकी छ । आज मैले यति नै बोलेँ, यति मात्र सङ्केत गरेँ। धेरै बोल्ने दिन आउँदै छ ।’

