


भैरहवा, ५ पुस । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) रुपन्देहीले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम पार्टीको माथील्लो निकायमा सिफारिस गरेको छ।
पार्टीको जिल्ला समन्वय समितिको बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा मोहम्मद अलीको एकल नामको उम्मेदवारमा सिफारिस गरेको जसपा रुपन्देहीका अध्यक्ष शिवदास यादवले बताए।

सिद्धार्थनगर नगरपालिका–४ निवासी अली पार्टीमा केन्द्रीय सदस्य पदमा छन् । अशोक राई नेतृत्व जसपा, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले निर्वाचनमा गठबन्धन गरेर चुनावी मैदानमा उत्रिने बताइएको छ ।

