


दाङ,५पुस । दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयास गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेको बंगलाचुली गाउँपालिका–४ का ३३ वर्षीय लेखराज केसी रहेको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार गत मंसिर २० गते लमहीस्थित जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी लुटपाटको प्रयासपछि फरार रहेका केसीलाई राजपुर गाउँपालिका–१ स्थित मारुनी खोलाको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।

पक्राउ परेका आरोपीविरुद्ध अदालतबाट ८ दिनको म्याद थप गरेर घटनाको थप अनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

