
काम गर्ने स्थल कार्यालयमा ढिलो आउने कर्मचारीलाई कारवाही भएको तपाईँले थाहा पाउनु भएकै होला ! तर, के तपाईँलाई थाहा छ ? स्पेनमा एक महिला कर्मचारी कार्यालय समय अघि नै पुग्दा जागिरबाट बर्खास्त हुनु परेको छ ।
कार्यालयको तोकिएको समयभन्दा अघि नै धेरै पटक कार्यालय पुग्नलाई स्पेनको सामाजिक अदालतले पेशागत आचरणको गम्भीर उल्लंघन भएको ठहर गरेको छ।
Advertisement

Advertisement
Advertisement

स्पेनको अलिकान्तेस्थित एक डेलिभरी कम्पनीमा करार सम्झौतामा कार्यरत महिला कर्मचारी कार्यालयको तोकिएको समयभन्दा अघि नै पटक पटक कार्यालय पुग्न थालिन् । कम्पनीले कार्यालय अगावै नआउनका लागि पटक पटक चेतावनी दिदाँ पनि उनी ३० देखि ४५ मिनेट अघि कार्यस्थलमा आउने गरेको भन्दै कम्पनीले उनलाई बर्खास्त गरेको थियो। साढे ७ बजे उनलाई कार्यस्थलमा पुग्नुपर्ने समय तोकिएको थियो ।
कम्पनीले बर्खास्त गरेपनि निर्णयविरुद्ध उनी अदालत पुगिन्। अदालतले मुद्दाको सुनुवाई गर्दै बर्खास्त गर्ने कम्पनीको निर्णयलाई नै सदर गरिदियो।
समाचार अनुसार, व्यवस्थापन पक्षले सन् २०२३ मा नै उनलाई त्यति चाँडो अफिस आउने बानी सुधार गर्न लिखित रूपमा चेतावनी दिएको थियो । व्यवस्थापनको तर्क थियो कि-निर्धारित समयभन्दा धेरै छिटो आउनुपर्ने कुनै काम नै नभएको र त्यसले कम्पनीलाई कुनै योगदान नगरेको कारण उनको त्यो कार्य अनुचित थियो । ती कर्मचारीले व्यवस्थापनको आदेशलाई लगातार बेवास्ता गरेपछि कम्पनीले यस वर्षको सुरुमा उनलाई अविश्वसनीयता, विश्वासको उल्लंघन र अवज्ञाको आरोप लगाउँदै बर्खास्त गरेको थियो।
कम्पनीको निर्णयविरुद्ध उनले अलिकान्तेको सामाजिक अदालतमा दायर गरेको मुद्दामा अदालतले अनपेक्षित रुपमा रोजगारदाताको पक्षमा फैसला गर्यो । अदालतले आफ्नो फैसलामा कर्मचारीको बानीलाई ‘खराब आचरण’ मान्नुपर्ने बलियो कारणहरु प्रस्तुत गर्यो ।
अदालतले भनेको छ-कर्मचारीको आचरणले कम्पनी र व्यवस्थापनबीचको विश्वास र वफादारीको सम्बन्धमा गम्भीर असर पारेको छ। कम्पनीको पटक-पटकको चेतावनीका बावजुद ती कर्मचारी निर्धारित समयभन्दा चाँडो अफिस प्रवेश गर्ने कुरामा जिद्दी गरिन्। उनको यस्तो व्यवहार आज्ञा पलना नगर्नु र विश्वास भंग गर्ने व्यवहार हो, जसले रोजगार सम्बन्ध समाप्त गर्न जायज ठहर्याउँछ। अन्तराष्ट्रिय संचारमाध्यमको सहयोगमा

