
काठमाडौं,१५ पुस। नेपाली कांग्रेसले अगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिकतर्फका ११० जना उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार बिहान निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाइएको हो । कांग्रेसले सोमबार राति सूचीका लागि निस्सा लिएर आज सूची बुझाएको हो। नेकपा एमालेसहित अधिकांश दलले समानुपातिकतर्फको बन्दसूची बुझाइसकेका छन्।
Advertisement

Advertisement
Advertisement

कांग्रेसले युवा र अवसर नपाएका व्यक्तिलाई समानुपातिक सूचीमा राखेको जनाएको छ। ०६४ यताका समानुपातिकबाट सांसद बनेका कसैलाई पनि सूचीमा नराखिएको कांग्रेसले जनाएको छ ।
समानुपातिकतर्फको १ सय १० सिटलाई कांग्रेसले प्रादेशिक जनसंख्याको अनुपातमा कोटा छुट्याएर वितरण गरेको छ । कोसीबाट १८, मधेश २१, बागमती २२, गण्डकी ११, लुम्बिनी १७, कर्णाली १० र सुदूरपश्चिमबाट १० जना कांग्रेसले राखेको छ ।

