
भैरहवा, १६ पुस । भैरहवा तथा आसपास क्षेत्रको मौसम खुल्ने सम्भावना न्यून देखिएको छ । बिहानैदेखि बाक्लो हुस्सु/कुहिरोसँगै शितलहरका कारण यस क्षेत्रको जनजीवन प्रभावित भएको छ।
बढ्दो चिसोलाई मध्यनजर गर्दै विभिन्न स्थानीय सरकारहरुले विद्यालयमा विदा दिएका छन् । सडकमा सर्वसाधरण र सवारी साधनको संख्या पातलिएको छ। अत्याधिक चिसोका कारण घर, सडक किनारमा सर्वसाधरणहरुले आगो बालेर तापिरहेका छन् ।
Advertisement

Advertisement
Advertisement

जल तथा मौसम विज्ञान विभागको वरिष्ठ मौसमविद् एवं प्रवक्ता विभूती पोखरेलले पश्चिमी वायुको प्रभाव कमजोर रहेकोले तत्कालका लागि मौसम खुल्ने सम्भावना न्यून रहेको बताइन् ।
‘अहिले पश्चिमी वायुको प्रभाव कमजोर छ । बलियो हुने हो भने सुधार हुने हो । जुन तत्काल देखिएको छैन’, उनले क्लिक लुम्बिनीसँग भनिन्, ‘भैरहवा क्षेत्रतर्फ मौसम एक/दुई दिनमा खुल्ने देखिन्छ तर खासै सुधार हुने अवस्था देखिदैन ।’
उनका अनुसार मध्यान्हमा एकछिन मौसम खुले जस्तो भएपनि पश्चिमी वायुको प्रभाव बलियो नभएसम्म मौसम खुल्ने सम्भावना न्यून छ । अझै केही दिन हुस्सु/कुहिरो र बदली रहनेछ ।

