
भैरहवा, २१ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा), रुपन्देही जिल्लाको तीन वटा क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष रविकुमार रौनियारका अनुसार रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट श्रीनिवास यादव, ४ बाट सर्वेन्द्रनाथ शुक्ला र ५ बाट मोहम्मद इस्लामको एकल नाम सिफारिस गरिएको छ ।
Advertisement

Advertisement
Advertisement

उनीहरुको नाम पार्टीको केन्द्रीय समितिमा सिफारिस गरिएको लोसपा रुपन्देहीले जनाएको छ ।
रुपन्देही-४ बाट एकल उम्मेदवारमा सिफारिस भएका शुक्लाको रुपन्देही-३ बाट सिफारिस भएका यादव र ५ बाट सिफारिस भएका इस्लाम जिल्लामा विश्वासपात्रको रुपमा मानिन्छन् ।
०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार प्रमोद कुमार यादवलाई ५ हजार २९६ मतान्तरले पराजित गर्दै शुक्ला रुपन्देही-४ बाटबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

