
काठमाडौं,२३ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षद्धारा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। उक्त पक्षले बुधबार पत्रकार सम्मेलन गरेर पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने जनाएको छ ।
विधानको धारा १७ (२) मा स्पष्ट बाध्यकारी व्यवस्था छ-, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्छ।’
Advertisement

Advertisement
Advertisement

‘यसअनुसार २०८२ पुस २८ भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लंघन गर्ने सुविधा कसैलाई पनि छैन। यो रहर वा छनोटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो। अतः विधानको यही मर्म र भावनालाई पूर्ण सम्मान गर्दै पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं,’विज्ञप्तिमा भनिएको छ।
विशेष महाधिवेशनका लागि आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जनाइएको छ।

