
काठमाडौं,२३ पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सुनसरी–१ बाट उम्मेदवारी दिने भएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जनाएका छन्। उनले लेखेका छन् ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधिसभाको चुनाव लड्नेछु ।’
Advertisement

Advertisement
Advertisement

०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर धरानको मेयर बनेका उनले श्रम संस्कृति पार्टी गठन गरेका छन्।
कमेन्ट गर्नुस्

