


काठमाडौं,२३ पुस । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा बुझाए पश्चात प्रधानमन्त्री कार्कीले मन्त्री घिसिङको बिदाइ गरेकी छिन्। घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो।
गैरदलीय सरकारको मन्त्री पदमा रहेकै अवस्थामा घिसिङ रास्वपाको राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै राजीनामा दिनुपर्ने आवाज उठेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न भनेकी थिइन्।


