
काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका ५ प्रदेश सभापति र ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरु विशेष महाधिवेशनको विपक्षमा उभिँदै वैशाखमा १५ औँ महाधिवेशन गर्नुपर्ने जनाएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सात प्रदेशमध्ये महाधिवेशनको विपक्षमा ५ प्रदेशका सभापतिहरुले हस्ताक्षर गरेका छन् भने गण्डकी र लुम्बिनीका प्रदेश उपसभापतिले हस्ताक्षर गरेका छन्। महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन भोलिबाट सुरु हुने बताइएको छ ।




