


काठमाडौं,२८ पुस। प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फ ८५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
राजनीतिक दलहरुले पुस १३ र १४ गते समानुपातिक तर्फको बन्दसूची बुझाएका थिए। यो संख्या अझै केही थपिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले उम्मेदवारी फिर्ता भएको जानकारी दिएपछि सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउने व्यवस्था रहेको छ।
कमेन्ट गर्नुस्

