
काठमाडौं,३० पुस। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई कारबाही गर्ने निर्णय गरेको छ।
सहमहामन्त्री मीन विश्वकर्माका अनुसार पार्टी कार्यालय सानेपामा बसेको बैठकले पार्टीको नीति विपरीत कार्य गरेको भन्दै उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यस्तै बैठकले सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि कारबाही गरेको छ। यी तिनै जनालाई पाँचवर्षको लागि कारबाही गरेको छ । यससँगै कांग्रेस विभाजन भएको छ। त्यस्तै अन्य नेता-कार्यकर्ताहरुलाई पार्टीमा फिर्ता आउन आह्वान गरिएको छ।
पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै उनीहरुलाई पार्टीको विधान बमोजिम कारबाही गरिएको सहमहामन्त्री विश्वकर्माले बताए। तीन नेतामाथि कारबाही गरेको जानकारी सहितको पत्र निर्वाचन आयोगमा दर्ता भएको छ ।
विशेष महाधिवेशन पक्षधरहरुले पनि ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका छन्। देउवा पक्षले पनि बुधबार आफूहरुको कुनै महाधिवेशन वा भेला नभएको भनी आयोगमा पत्राचार गरेका थिए ।
कारबाहीको निर्णयपछि विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले आफूहरुलाई निष्कासन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए।
उनले केही दिनअघि विशेष महाधिवेशन सुरु हुँदै सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए ।
त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अब विशेष महाधिवेशनको हलले गर्ने बताए । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे ।
कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए ।

