
भैरहवा, ५ माघ। लुम्बिनी प्रदेश सभाका सदस्य कन्हैया बनियाले पदबाट राजीनामा दिएका छन् । ०७९ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ (१) बाट उनी निर्वाचित भएका थिए ।
राजीनामा दिएका कन्हैयाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही-४ मा उम्मेदवारी दिने बुझिएको छ । प्रदेश सरकारले क्षेत्रमा विकास गर्न नसकेको अन्यायपूर्ण व्यवहार गरेको भन्दै उनले पदबाट राजीनामा दिएको सार्वजनिक गरिएको पत्रमा उल्लेख छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement


कमेन्ट गर्नुस्

