
काठमाडौं,११ माघ ।नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बीच तीन बुँदे सहमति भएको छ।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादल र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोवले रुकुमपूर्व, रुकुम पश्चिम र कर्णालीका हुम्ला जुम्ला बाहेकका जिल्लामा आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने गरी तीन बुँदे सहमतिमा दस्तखत गरेका छन्।
Advertisement

Advertisement
Advertisement

सहमति अनुसार प्रगतिशील लोकतान्त्रिक पार्टी पश्चिम रुकुममा उम्मेदवार जनार्दन शर्मा र पूर्वी रुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा आँखा चिन्हमा एमालेले मतदान गर्ने उल्लेख छ।
त्यस्तै कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिला र पुरानो राप्ती अञ्चलका जिल्लामा नेकपा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको हो।


