


काठमाडौं,१२ माघ । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्त्रगत नेपाल समूह चरणबाटै बाहिरिएको छ ।
सोमबारको समूह चरण अन्तर्गत अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको अन्तरले पराजित भएसँगै नेपालको नेपालको विश्वकप खेल्ने यात्रा समाप्त भएको छ।

स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछाएको नेपालले १३.५ ओभरमा अलआउट हुँदै ६८ रन मात्र बनायो।
नेपालको लागि रोमा थापा १४ रन बनाउँदै नटआउट रहिन्। त्यस्तै, नेपाल कि ओपनर बिन्दु रावल १४ रन बनाएर र अर्की ओपनर सम्झन खड्का ७ रन बनाउँदै आउट भए।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डबाट निर्धारित २० ओभरमा अलआउट हुँदै १४० रन बनाएको थियो।
स्कटल्यान्डको लागि प्रियानाज चटर्जीले सर्वाधिक ४५ रन बनाइन्। नेपालको लागि मनीषा उपाध्यायले ४ विकेट लिइन् भनेरुबिन क्षेत्रीले ३ विकेट लिइन्। त्यस्तै, सीता राना मगर, रुबिन क्षेत्री,कविता जोशी र रिया शर्मा ले समान १–१ विकेट लिए।

