


काठमाडौं,१३ माघ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको अनुगमनका लागि देशका ७७ वटा जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ।
‘सहायक प्रमुख जिल्ला अधिकारीलाई समग्र आचारसंहिताको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ,’आयोगले भनेको छ, ‘कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई आर्थिक क्रियाकलाप चुनावी खर्च, लेखा राखे/नराखेको, सम्पत्ति विवरण पेस गरे/नगरेको, निर्वाचन कार्यालयमा घोषणापत्र पेस गरे/नगरेको लगायत हेर्ने जिम्मेवारी तोकिएको छ ।’

आचारसंहिता विपरीत खर्च गरेको पाइए उम्मेदवारलाई उक्त अधिकारीले स्पष्टीकरण सोध्न सक्ने आयोगले जनाएको छ ।

