
सुनसरी,१३ माघ । प्रहरीले ठुलो परिमाण लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्लाको चौबिसे गाउँपालिका-७ का २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, इनरुवा नगरपालिका-६ भोटेपुलस्थित पूर्व-पश्चिम राजमार्गमा सवारी साधन जाँचको क्रममा को २ ह ६१२५ नम्बरको अटोमा ९९ किलो १ सय ग्राम गाँजा बरामद भएको हो ।
Advertisement

Advertisement
Advertisement

घटनामा संग्लन आरोपमा अटो चालक साजन र अटोमा सवार गगनलाई गाँजा तथा र सवारी साधनसहित नियन्त्रणमा लिइएको छ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

