
काठमाडौं,१६ माघ । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापाले देश सञ्चालनको लागि पात्र नभई एजेण्डाको आवश्यक रहेको बताएका छन्।
शुक्रवार पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्दै उनले व्यक्ति भन्दा स्पष्ट र व्यवहारिक एजेण्डा आवश्यक रहेको बताएका हुन्। उनले हाल मुलुकको राजनीतिक बहस व्यक्ति केन्द्रित भएको उल्लेख गर्दै एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले नेपालको संघीयताको मोडेल त्रुटीपूर्ण रहेको भन्दै संघीयताको मोडलसँगै संविधानमा रहेका त्रुटीहरु समेत सच्याउनुपर्ने उल्लेख गरे। राष्ट्रिय सहमतिको आधारमा संविधान पुनर्लेखन गर्न सकिने उनको भनाई छ ।
उनले चुनावी प्रतिवद्धता पूरा नगरे अदालतमा प्रश्न उठाउन सकिने व्यवस्था गरेमात्रै उम्मेदवार वा दलहरु घोषणापत्रप्रति जिम्मेवार हुने बताए ।

