
भैरहवा, १९ माघ। बिगत दुई दशकदेखि रुपन्देहीको पत्रकारितामा क्रियाशिल रहेका पत्रकार दीपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन्।
सार्वजनिक सेवा प्रशारण, नेपाल टेलिभिजनको ४१ औं बार्षिकोत्सवको अवसरमा पत्रकार घिमिरे उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित भएका हुन् ।
Advertisement

Advertisement
Advertisement

नेपाल टेलिभिजनले पत्रकार घिमिरेलाई व्यवसायिक, जिम्मेवार र जवाफदेहि भएर निरन्तर गर्नुभएको समाचार सम्प्रेषण कार्यको उच्च मुल्याँकन गर्दै यसबर्षको उत्कृष्ट सम्वाददाताको रुपमा नगदसहित पुरस्कृत गरिएको जनाएको छ।
पत्रकार घिमिरे बिगत ४ बर्षदेखि नेपाल टेलिभिजनमा रुपन्देही जिल्ला समाचरदाताको रुपमा कार्यरत छन्। २०६१ सालबाट पत्रकारिताको सरुवात गरेका उनले नयाँ भावना दैनिक, बुटवल टुडे दैनिक, दैनिक पत्र दैनिक, बुद्ध टेलिभिजन, तराई टिलिभिजन, ईमेज च्यानलहुँदै पछिल्लो ४ बर्षदेखि नेपाल टेलिभिजनमा आबद्ध छन्।
त्यसैगरी राष्ट्रिय समाचार समिति, हिमालय टाईम्स, लुम्बिनी पोष्ट, नेपाल लाईभ डटकम, उकेरा डटकममा कार्य गरेका घिमिरे पछिल्लो ५ बर्षदेखि भैरहवाबाट सञ्चालित खबरपात्रो डटकमको प्रधानसम्पादक हुन् ।

