


काठमाडौं,१९ माघ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन लक्षित ‘एक्जिट पोल’ संचालन गर्ने वेबसाइटहरु बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।
आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार निर्वाचनको प्रक्षेपण गर्ने वेबसाइटहरु बन्द गर्नका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिएको हो ।

आयोगले रेट माइ नेता डट कम, एक्जिट पोल नेपाल डट कम, नेपाल पोल डट कम, एचओआर २०२६ डट भर्सेल डट एप, इलेक्सन नेपाल राइटस् डट कम, पोलिमार्केट डट कम नामक वेभसाइट बन्द गर्न लगाएको छ ।
त्यस्तै कान्तिपुर मिडिया ग्रुपले सञ्चालन गरेको रेट डट ईकान्तिपुर डट कम नामक वेब पोर्टलमा गरिरहेको एप्रुभल रेटिङ आचारसंहिता विपरीत भएको भन्दै आयोगले नेपाल प्रेस काउन्सिलाई पत्राचार गरेको छ ।

