


काठमाडौं,२१ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि बदल्ने दाबी गरेका छन्।
बुधबार भिडियो सन्देश जारी गर्दै उनले कांग्रेसीहरुको आग्रहबमोजिम नै पार्टी बदलिएको बताए। ‘कांग्रेसलाई बदलेर आएका छौं। यो कांग्रेस २.० हो। यसले देश पनि बदल्छ’,उनले भने। आफू उत्तेजनाको राजनीति नगर्ने भन्दै सबेलाई मिलाएर लैजाने उनको भनाइ छ।

भीडियो सन्देशमार्फत उनले भनेका छन्,‘हामी कुनै घृणाको राजनीति गर्दैनौं। हामी सबैलाई मिलाएर लिएर जान्छौं। हामी मिलाउने मात्र होइन, नेपालको व्यवस्थालाई पनि बदल्छौं।’ बदलिएको कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई नराख्ने उनको भनाइ छ।

