


काठमाडौं,२३ माघ । आईतबारदेखि आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेट सुरु हुने भएको छ । भारत र श्रीलंका संयुक्त आयोजक रहेको प्रतियोगिताको पहिलो खेलमा नेपाल र इंग्ल्यान्डबीच हुनेछ ।
मुम्बईको वानखडे रंगशालामा हुने प्रतियोगितामा नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै दोस्रोपटक टी–२० विश्वकप यात्रा सुरु गर्दैछ।

नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा विश्वकप खेलेको थियो। २०२४ को विश्वकपमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशसँग शानदार खेल प्रदर्शन गर्दै आफ्नो क्षमतालाई विश्वमञ्चमा देखाएको थियो। विशेषगरी दक्षिण अफ्रिकासँगको खेलमा एक रनको अन्तरले हार र जीतको नजिक पुगेको त्यो खेल नेपाली क्रिकेटप्रेमीको स्मरणीय क्षण बनेको थियो।
यस विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। समूहमा नेपालसँगै दुईपटकको विजेता वेस्ट इन्डिज, एकपटकको विजेता इंग्ल्यान्ड, स्कटल्यान्ड र इटाली छन्। बंगलादेशले भारतमा विश्वकप खेल्न अस्वीकार गरेपछि स्कटल्यान्डले स्थान पाएको हो।

